नेपालीमा परामर्श उपलब्ध छ। JP-MIRAI Assist

日本語はこちら

Tiếng Việt

जिम्मेवार विदेशी कामदार स्वीकृति प्लेटफर्मले पाईलट प्रोजेक्टको रूपमा ``JP-MIRAI Assist`` परामर्श सेवा शुरु गरेको छ।

JP-MIRAI Assist मा सम्पर्क गरि जापानमा काम गर्ने र बस्ने वातावरण सम्बन्धी सबै कुरामा परामर्श लिन सक्नु हुन्छ। यसबाहेक, विदेशी कामदारहरू ( तिनीका परिवार र चिन्ने व्यक्ति )को समस्या  लाई परामर्शले  मात्र समाधान गर्न गाह्रो भएको अवस्थामा , हामी उनीहरूलाई सरकारी कार्यालय तथा चिकित्सा संस्था आदिमा संगै लिएर गईदिने जस्ता सहयोग उपलब्ध गरि समस्यालाई छिट्टै समाधान गर्ने लक्ष्य राखेका छौं ।

अझ , हाम्रो सबैभन्दा ठूलो विशेषता भनेको हामीले निवास स्थिति र श्रमका समस्याहरूसँग परिचित विज्ञहरूसँग परामर्श, साथै ADR (विवादको वैकल्पिक समाधान प्रक्रिया) को लागि पनि सहयोग गर्दछौं ।

हामी विदेशी कामदारहरूलाई सहयोग गर्ने सम्बन्धित निकाय संग नेटवर्क सिर्जना गर्ने लक्ष्य पनि राख्दछौं । यदि तपाईंलाई विदेशीहरूको परामर्शमा कुनै समस्या छ भने, कृपया हामीलाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

https://portal.jp-mirai.org/en